ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्नपूर्ण केबलकारद्वारा पञ्चमुखी गणेश प्रतिमा अनावरणको घोषणा 

२०८० कात्तिक, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। अन्नपूर्ण केबलकारले पर्यटकीय आकर्षणका लागि ४८ फिट अग्लो पञ्चमुखी गणेश मूर्ति अनावरणको घोषणा गरेको छ । पर्यटन विकासको प्रतिबद्धताका साथ पार्टनर्स मिट २०२३ को आयोजना गर्दै बुधवार यस्तो घोषणा गरिएको हो । पार्टनर्स मिटबाट कम्पनीले नयाँ पाटर्नरको पनि खोजी गरिरहेको छ । केबलकारमा पार्टनर बन्न चाहनेले आवेदन दिन सक्ने कम्पनीका निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए ।

२०७८ फागुनदेखि सञ्चालनमा आएको अन्नपूर्ण केबलकारले ४८ फिट अग्लो पञ्चमुखी गणेशको प्रतिमाले केबलकारमा यात्रा गरेर रमाउन आउने पर्यटकलाई थप आकर्षण गर्ने विश्वास लिएको छ । सेदिबगरदेखि सराङकोट जोड्ने २ दशमलव २ किमीको केबलकारमा १७ ओटा गोन्डोला छन्, जसले प्रतिघण्टा ५०० मानिसलाई सुविधा दिने क्षमता राख्दछ ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि सुरक्षित र आरामदायी केबलकार सेवा प्रदान गर्न अन्नपूर्ण केबलकार समर्पित रहेको कम्पनीले बताएको छ । बिहानी सेवा सञ्चालनसँगै पर्यटकले बिहानको सूर्योदय तथा सूर्यास्तको अवलोकन गर्न सक्ने कम्पनीको भनाइ छ । कम्पनीले नेपालीका लागि ७००, सार्क राष्ट्रका पर्यटकका लागि ८०० रुपैयाँ र अन्य मुलुकका नागरिकका लागि ९ डलर भाडादर तय गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)