ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने मधेश प्रदेशको चेतावनी

२०८० कात्तिक, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

जनकपुरधाम। मधेश प्रदेश सरकारले प्रदेश प्रहरी समायोजन लगायत माग पूरा नभए संघीय सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधवार पत्रकार सम्मेलन गरी मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रहरी समायोजन, निजामती कर्मचारी समायोजन, गुठी तथा वन सम्बन्धी कानून लामो समय बित्दा पनि कार्यान्वयनमा नआएको भन्दै तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका छन् । उक्त मागका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउन तयार पारिएको ज्ञापनपत्रमा ३० दिनको समयसीमा दिइएको छ । आज (बिहीवार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशका मन्त्री, प्रदेशसभाका संसदीय दलका नेता लगायतको सहभागितामा प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाइने मुख्यमन्त्री यादवले बताएका छन् । ज्ञापनपत्र बुझाएको एक महीनाभित्र संघीय सरकारले मधेश प्रदेश सरकारका माग पूरा गर्नुपर्ने मुख्यमन्त्री यादवले बताए । मधेश प्रदेश सम्बन्धी विधेयक र कानून निर्माण नभएकाले प्रदेशको आर्थिक विकास प्रभावित भएको उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)