काठमाडौं। जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्पबाट प्रभावितलाई बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिप्रति सिबिफिनले दु:ख व्यक्त गर्दै सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत राहत दिने उद्घोष गरेको हो । थप सहयोगका लागि सम्बन्धित प्रदेश/जिल्ला तथा स्थानीय निकायमा सञ्चालित सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई सिबिफिनले आग्रह पनि गरेको छ । सिबिफिनले भूकम्पमा घाइते भएर उपचाररत सबैको शीघ्र स्वाथ्यलाभको कामनासमेत गरेको छ ।