ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बोटलर्स नेपाल तराईले ६० प्रतिशत नगद लाभांश वितरण गर्ने

२०८० कात्तिक, २३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले गत आर्थिक वर्ष (आव) ०७९/८० को मुनाफाबाट कुल ६० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कात्तिक २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा प्रतिशेयर ६० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले नगद लाभांश वितरण गर्न लागेको हो ।

गत वर्ष पनि कम्पनीले ६० प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो । हालसम्मकै लाभांश वितरणको अवस्थालाई हेर्दा कम्पनीले नगद लाभांश मात्र वितरण गरेको अवस्था छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)