ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निष्क्रिय कर्जा बढेसँगै निर्धन उत्थान लघुवित्त नोक्सानीमा, अन्य सूचक कस्ता ?

२०८० कात्तिक, २३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

कठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी नोक्सानीमा छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. ३ करोड २५ लाख नाफा कमाएकोमा चालू आवको पहिलो त्रैमासमा रू. १४ करोड ३० लाख ऋणात्मक रहेको हो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले र सञ्चालन नाफा ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो ।

गत आवमा कम्पनीको निष्क्रिय कर्जा ७ दशमलव १४ प्रतिशत रहेकोमा चालू आवमा बढेर १२ दशमलव ५३ प्रतिशत पुगेको छ । त्यस्तै गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. २६ करोड ९२ लाख रहेकोमा चालू आवमा बढेर रू. ३८ करोड ८० लाख पुगेको छ । इम्पेयरमेन्ट चार्ज बढेको कारण कम्पनीको सञ्चालन नाफा रू. १४ करोड ३३ लाख ऋणात्मक भएको हो । 

चालू आवमा कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी ५ रुपैयाँ ४७ पैसा ऋणात्मक रहेको छ । सो अवधिमा कम्पनीको तरलता अनुपात १५ दशमलव ४९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६६ दशमलव ६७ रहेको छ । 

चुक्ता पूँजी रू. २ अर्ब ६१ करोड रहेको कम्पनीले जगेडामा रू. १ अर्ब ८३ करोड र शेयर प्रिमियममा रू. ५ लाख १० हजार सञ्चिति गरेको छ । रिटेन्ड अर्निङ भने रू. ९ करोड ३३ लाख ऋणात्मक छ । 

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)