ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आरम्भ चौतारी लघुवित्तले पहिलो त्रैमाससम्म कमायो २५ लाखभन्दा बढी नाफा

२०८० कात्तिक, २३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमाससम्म आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ लाख ४४ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ११ दशमलव ३० प्रतिशत घटेको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनीले २८ लाख ६८ हजार रुपैयाँ खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले खुद नाफामा असर परेको हो । गत वर्ष ४८ लाख ७८ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष ९९ लाख ७६ हजार रुपैयाँ छ ।

सञ्चालन नाफा यस वर्ष साढे ७ प्रतिशत कम ३६ लाख ३४ हजार रुपैयाँ भएको छ । पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ३४ लाख ८० हजार रुपैयाँ छ ।

हाल कम्पनीको चुक्ता पूँजी ३६ करोड ७१ लाख ४३ हजार रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ ५ करोड ९२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । जगेडा कोष रकम भने १७ करोड ४१ लाख रुपैयाँभन्दा बढी रहेको छ । यस वर्ष १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले २ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ । यस अवधिसम्म कम्पनीले ४ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

गत वर्ष ४ दशमलव ९५ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष बढेर ५ दशमलव ४९ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी २ रुपैयाँ ७७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ६८ पैसा रहेको छ ।

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)