ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रभु बैंकको ५ लाख ६३ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

२०८० कात्तिक, २३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापकतर्फको ५ लाख ६३ हजार ७७८ कित्ता शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याइएको हो ।

इच्छुक लगानीकर्ताहरूले आगामी १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । बैंकले प्रभु ग्रुप प्रालिको नाममा रहेको ४ लाख ९७ हजार ३६९ कित्ता, जानुका खड्काको नाममा रहेको २७ हजार कित्ता र कृष्ण प्रसाद पोखरेलको नाममा रहेको ३९ हजार ४०९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)