ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रुरु जलविद्युत परियोजनाले पहिलो त्रैमासमा कमायो ३ करोड ६४ लाख नाफा

२०८० कात्तिक, २३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ३ करोड ६४ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ७ दशमलव १५ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. ३ करोड ३९ लाख नाफा कमाएको थियो । 

चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानी बढेसँगै नाफा बढ्न सहयोग पुगेको हो । विद्युत विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा ५ दशमलव ९४ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले विद्युत विक्रीबापत रू. ५ करोड ४८ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ५ करोड ३० लाख पुगेको छ । 

कम्पनीको चुक्ता पूँजी रू. ४९ करोड ३३ लाख छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १९ करोड ७५ लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ५३ पैसा (वार्षिक), मूल्य आम्दानी अनुपात २६ दशमलव ५५ गुणा र प्रतिशेयर नेटवर्थ रू. १४० दशमलव ०४ रहेको छ । 

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)