ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इम्पेयरमेन्ट चार्ज बढेपछि घट्यो डिप्रोक्स लघुवित्तको नाफा

२०८० कात्तिक, २३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ८ करोड ८२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।

गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा करीब ११ प्रतिशत घटेको हो । यस वर्ष इम्पेयरमेन्ट चार्ज बढेसँगै कम्पनीको खुद नाफामा असर देखिएको हो । गत वर्ष ३ करोड ९५ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष ४ करोड ८९ लाख रुपैयाँभन्दा बढी छ । कम्पनीको सञ्चालन नाफा गत वर्षभन्दा करीब ११ प्रतिशत कम १२ करोड ६० लाख रुपैयाँभन्दा बढी रहेको छ ।

यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा भने ६७ करोड ३६ लाख रुपैयाँभन्दा बढी छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५५ करोड १० लाख ८८ हजार छ । रिटेन्ड अर्निङ ६७ करोड ३६ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम १ अर्ब २० करोड रुपैयाँभन्दा बढी छ । पहिलो त्रैमाससम्म कम्पनीले ९ अर्ब ४ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ९ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ । कम्पनीले यस अवधिसम्म २१ अर्ब २६ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

गत वर्ष ३ दशमलव ६८ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ५ दशमलव १४ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी २२ रुपैयाँ ७६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २२१ रुपैयाँ १६ पैसा रहेको छ ।

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)