ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सगरमाथा जलविद्युतले तीन महीनामा कमायो ५ करोड ४२ लाख नाफा, प्रतिशेयर आम्दानी कति ?

२०८० कात्तिक, २३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमास अर्थात् तीन महीनामा रू. ५ करोड ४२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १५ प्रतिशत वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू. ४ करोड ७० लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानी बढेसँगै नाफा बढ्न टेवा पुगेको हो । 

कम्पनीले गत आवमा विद्युत विक्रीबापत रू. १० करोड ३३ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. १० करोड ७७ लाख पुगेको छ । कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १२ करोड छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीले जगेडामा रू. ११ करोड १८ लाख सञ्चिति गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ९६ पैसा (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ११ दशमलव ९२ गुणा र प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव ९८ छ । 

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)