ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यसकारण घट्यो गणपति लघुवित्तको नाफा 

२०८० कात्तिक, २३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५८ प्रतिशत घटेको छ ।

कम्पनीले गत आवमा रू. ६८ लाख ९२ हजार नाफा कमाएकोमा चालू आवमा नाफा रू. २८ लाख ८१ हजारमा झरेको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा २० प्रतिशत र सञ्चालन नाफा ५८ प्रतिशत घटेको छ । 

त्यस्तै कम्पनीको निष्क्रिय कर्जा चालू आवमा बढेकाले नाफा घटेको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा २ दशमलव १९ प्रतिशत रहेकोमा चालू आवमा बढेर ४ दशमलव ९३ प्रतिशत पुगेको छ । कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ १९ पैसा रहेकोमा चालू आवमा घटेर ७ रुपैयाँ ६० पैसामा झरेको छ । 

कम्पनीको चुक्ता पूँजी रू. १५ करोड १५ लाख छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ३ करोड १९ लाख र रिटेन्ड अर्निङमा रू. ८० लाख ३१ हजार सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको तरलता अनुपात १० दशमलव १५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव १५ छ । 

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)