ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजारमा भारतीय सुन्तलाको रजगज, नेपालीभन्दा १४ प्रतिशत महँगो

२०८० कात्तिक, २३  
उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली बजारमा भारतीय सुन्तलाको रजगज देखिएको छ । नेपाली सुन्तलाको सिजन शुरु नभएपछि भारतबाट आयातित सुन्तलाले बजार पाएको हो । 

नेपाली सुन्तलाको सिजन शुरु नभएकाले भारतीय सुन्तलाले बजार पाइरहेको व्यापारीहरूले बताएका छन् । त्यसो त नेपालमा भारतबाट मात्रै होइन, अन्य देशबाट पनि आयात हुने गरेको छ । 

भन्सार विभागका अनुसार नेपालमा भारतका साथै दक्षिण अफ्रिका र चीनबाट सुन्तला आयात हुने गरेको छ, जसमध्ये सबैभन्दा धेरै भारतबाट आयात हुने गरेको विभागले जनाएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको असोजमा मात्रै भारतबाट १८ लाख ६५ हजार ९८४ किलोग्राम सुन्तला आयात भएको छ । 

कालीमाटी फलफूल तरकारी बजार विकास समितिका अनुसार आज प्रतिकिलोग्राम भारतीय सुन्तलाको औसत मूल्य ११० रुपैयाँ हुँदा नेपाली सुन्तलाको मूल्य ९७ रुपैयाँ छ । भारतीय सुन्तलाभन्दा नेपाली सुन्तला झण्डै १४ प्रतिशत बढी भएको कालीमाटीले जनाएको छ । 

कुन फलफुलको मूल्य कति ? 

कृषि उपज इकाई न्यूनतम अधिकतम औसत
स्याउ (झोले) के.जी. रू १८०.०० रू २००.०० रू १९३.३३
स्याउ (फूजी) के.जी. रू ३२०.०० रू ३५०.०० रू ३३५.००
केरा दर्जन रू १६०.०० रू १७०.०० रू १६५.००
अनार के.जी. रू ४००.०० रू ५००.०० रू ४५०.००
अंगुर (कालो) के.जी. रू ४००.०० रू ४२०.०० रू ४१०.००
सुन्तला (नेपाली) के.जी. रू ९०.०० रू १००.०० रू ९६.६७
सुन्तला (भारतीय) के.जी. रू १००.०० रू १२०.०० रू ११०.००
तरबुजा (हरियो) के.जी. रू ६०.०० रू ७०.०० रू ६६.६७
मौसम के.जी. रू १२०.०० रू १५०.०० रू १३५.००
जुनार के.जी. रू २२०.०० रू २५०.०० रू २३५.००
मेवा (नेपाली) के.जी. रू ६०.०० रू ७०.०० रू ६५.००
मेवा (भारतीय) के.जी. रू ११०.०० रू १२०.०० रू ११६.६७
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)