ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ?

२०८० कात्तिक, २३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीको आईपीओ सूचीकृत भएको छ । कम्पनीको कुल १ करोड कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा मङ्सिर ४ गतेदेखि आउनेछ । 

नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि प्रतिकित्ता रू. ९६ दशमलव १४ देखि २८८ दशमलव ४२ सम्मको ओपन रेञ्ज प्रदान गरेको छ । यही ओपन रेञ्जको आधारमा कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । 

कम्पनीले सर्वसाधारण शेयरधनी, वैदेशिक रोजागारीमा गएका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरू र कर्मचारीहरूलाई निष्कासन गरेको ३० लाख कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ७० लाख कित्ता गरेर कुल १ करोड कित्ता साधारण शेयर सूचीकृत गराएको हो । 

कम्पनीको स्टक सिम्बोल एमएमकेजेएल रहेको छ । शेयर सूचीकरणपश्चात दिनुपर्ने आरटीएस सेवा काठमाडौं नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडबाट हुने कम्पनीले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)