ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भक्तपुरका कुमालेलाई माटोका दियो बनाउन भ्याइनभ्याई [तस्वीरहरू]

२०८० कात्तिक, २३  
समाचार फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

भक्तपुर । तिहार नजिकिएसँगै भक्तपुरका कुमालेलाई माटोका भाँडा बनाउन भ्याइनभ्याई भएको छ । भक्तपुरको ‘पोर्टरी स्क्वायर स्वाएर’ मा माटाको भाँडा बनाउँदै आएका स्थानीय प्रजापति समुदायलाई भ्याइनभ्याई भएको हो ।

परम्परागतरूपमा बनाइने यस्ता माटोका भाँडा पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्ने गरेका छन् । तिहारको विद्युतीय झिलिमिली बत्तीको प्रयोग बढे पनि सांस्कृतिकरूपमा दियोको प्रयोग आवश्यक भएकाले पालाको माग बढ्ने गरेको छ ।

माटोका भाँडा बनाउँदै आएका पोर्टरी स्क्वायरका करीब ४० घर परिवार प्रजापति समुदायका व्यक्ति अहिले फुर्सदमा छैनन् ।

कोही माटोका भाँडा बनाइरहेका देखिन्छन् कोही सुकाइरहेका । कोही भने भट्टीमा भाँडा पोल्न व्यस्त छन् त कोही बाकसमा प्याक गर्दैछन् । 

यहाँ उत्पादन भएका पाला यतिखेर भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोकको बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, कास्कीको पोखरा, चितवनको नारायणगढ, पर्साको वीरगञ्जबाट समेत माग हुने गरेको छ ।

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)