ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तिहारअघिको अन्तिम कारोबार दिन करीब ८४ करोडको कारोबार, सोनापुर मिनरल्स्को सर्वाधिक

२०८० कात्तिक, २३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बिहीवार धितोपत्र दोस्रो बजारमा ८३ करोड ६० लाख रुपैयाँभन्दा बढीको २८ लाख ३२३ हजार ७३१ कित्ता धितोपत्र कारोबार भएको छ । यो दिन अघिल्लो कारोबार दिनभन्दा कारोबार रकम बढेको हो ।

अघिल्लो कारोबार दिन बुधवार भने ७८ करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । बिहीवार कुल कारोबारमा सोमापुर मिनरल्स् एण्ड आयल लिमिटेडको सर्वाधिक हिस्सा छ । यस कम्पनीको यो दिन ७ करोड ७० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो ।

सर्वाधिक रकमको कारोबार भएको यस कम्पनीको शेयर मूल्य ५ दशमलव १३ प्रतिशत घटेको छ । प्रतिकित्ता १४ रुपैयाँले घटेर कम्पनीको शेयर मूल्य प्रतिकित्ता २५९ कायम भएको हो ।

कारोबार रकम बढेको यो दिन बजार मापक नेप्से परिसूचक भने घटेको छ । नेप्से परिसूचक भने अघिल्लो कारोबार दिनको भन्दा शून्य दशमलव ६३ प्रतिशत अर्थात् ११ दशमलव ८५ अंकले घटेर १ हजार ८५२ दशमलव शून्य ८ विन्दुमा झरेको हो ।

बिहीवारको कारोबारमा ५७ कम्पनीको धितोपत्रको मूल्य बढेको छ भने १७५ कम्पनीको घटेको छ । बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार यो दिन पाँच कम्पनीको धितोपत्र मूल्य भने स्थिर रहेको छ ।

यो दिन सयपत्री हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ६ दशमलव ९६ प्रतिशत वृद्धि भएको छ । सयपत्री हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ३३ रुपैयाँले बढेर अन्तिम मूल्य ५०७ रुपैयाँ कायम भएको हो । यस दिन माउण्टेन ईनर्जीको शेयर मूल्य भने सर्वाधिक ६ दशमलव ५८ प्रतिशत घटेको छ । यो दिन ६ प्रतिशतभन्दा बढी मूल्य घट्नेमा माउण्टेन ईनर्जीसँगै नेपाल एसबिआई बैंक र माया खोला हाइड्रोपावर समेत छन् । नेपाल एसबिआई बैंकको ६ दशमलव ४३ प्रतिशत र माया खोला हाइड्रोपावरको ६ दशमलव ३७ प्रतिशत शेयर मूल्य घटेको हो ।

बिहीवार सबै समूहगत परिसूचक घटेका छन् । बैंकिङको शून्य दशमलव २१ प्रतिशत, विकास बैंकको शून्य दशमलव ४३ प्रतिशत, वित्तको १ दशमलव ३१ प्रतिशत, होटल तथा पर्यटनको शून्य दशमलव ७७ प्रतिशत, जलविद्युतको शून्य दशमलव ८४ प्रतिशत, लगानीको शून्य दशमलव ६३ प्रतिशत, जीवन बीमाको १ दशमलव शून्य १ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव २५ प्रतिशत, लघुवित्तको शन्य दशमलव ८३ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव २३ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ४१ प्रतिशत, अन्यको १ दशमलव ५५ प्रतिशत र व्यापारिकको शून्य दशमलव १४ प्रतिशत परिसूचक घटेको छ । यस दिन परिसूचकमा आएको कमिको आधारमा अन्य समूहका लगानीकर्ताले सर्वाधिक गुमाएको देखिन्छ । 

धितोपत्र दोस्रो बजारको कुल पूँजीकरण यो दिन २८ खर्ब ५३ अर्ब १ करोड ३९ लाख रुपैयाँ कायम भएको छ । बुधवार कुल बजार पूँजीकरण २८ खर्ब ७१ अर्ब २७ करोड ४३ लाख रुपैयाँ रहेको थियो । बिहीवार कुल बजार पूँजीकरण १८ अर्ब २६ करोड रुपैयाँले घटेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)