ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० वर्षअघिको आर्थिक अभियानबाट : सौराहामा अन्तरराष्ट्रिय हात्ती दौड

२०८० कात्तिक, २४  
१० वर्ष अघि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

क्षेत्रीय होटल संघ, सौराहाले तोकिएकै मितिमा अन्तरराष्ट्रिय हात्तीदौड प्रतियोगिता आयोजना गर्ने भएको छ । तलब वृद्धि तथा सेवा थपलगायतका माग राख्दै आन्दोलनमा उत्रिएका माउतेहरूको आन्दोलनले प्रतियोगितालाई असर पार्न सक्ने देखिएको थियो । माउतेहरूले भने शुक्रवारदेखि पुस १७ गतेसम्मका लागि हात्ती सफारीसमेत बन्द गराएका छन् । आयोजकले आन्दोलनका बीच पनि प्रतियोगिता सञ्चालन गर्न सक्ने दाबी गरेको छ । ‘माउते तथा उनीहरूको समितिसँग वार्ता भइरहेको छ,’ संघका अध्यक्ष शंकर सैंजुले भने । पर्यटन प्रवर्धनको मुख्य उद्देश्य राखेर हरेक वर्ष चितवनको सौराहामा गरिंदै आएको अन्तरराष्ट्रिय हात्तीदौड प्रतियोगिताको सातौं संस्करण पुस ११ देखि शुरू हुँदै छ । ‘चितवन राष्ट्रिय निकुञ्जभित्र र सौराहाका केहीसमेत गरेर प्रतियोगिताका लागि आवश्यक पर्ने २० ओटा हात्ती जुटाउन सकिन्छ,’ संघका पूर्वअध्यक्ष गिरिधारी चौधरीले भने । ‘जायज माग पूरा गर्न हामी तयार छौं, तर उनीहरूले उठाएका केही माग नाजायज भएकाले पूरा गर्न सकिँदैन,’ अध्यक्ष सैंजुले भने । 

वर्ष ६, अंक ९०, सोमवार, ५ पुस, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)