फूलमाला पहिले नै किनेर राख्दा ओइलाउने भएकाले भाइटीकाभन्दा १र२ दिनअघि मात्रै यसको कारोबार उच्च हुने गर्छ । तर, कतिपयले घर सजाउनलाई फूलमाला किनिरहेका छन् । यतिबेला थोक व्यापारीले किसानको खेतबारीबाट माला किनेर स्टोर गरिरहेको थापाथलीस्थित फ्लोरिकल्चर गिफ्ट तथा फूल पसलका सञ्चालक बताउँछन् । आफूले यस वर्ष करीब १८ लाख रुपैयाँको सयपत्री माला माग गरेको जानकारी दिए । अब १र२ दिनमै किसानको बारीबाट पसलमा माला आइपुग्ने उनको भनाइ छ ।
यस वर्ष फ्लोरिकल्चर एशोसिएशनले सयपत्री फूलको एउटा मालाको खुद्रा मूल्य १ सय २५ रुपैयाँ तोकेको छ । त्यसैगरी गोदावरी माला एउटाको १ हजार र मखमली मालाको ५० रुपैयाँ मूल्य तोकेको छ । मालाको मूल्य गतवर्षको तुलनामा २५ देखि ५० रुपैयाँसम्म बढेको एशोसिएशनले जनाएको छ ।
एशोसिएशन अध्यक्ष मीनबहादुर तामाङले तिहार अवधिभर करीब ३१ करोड रुपैयाँको ४० लाख फूलमालाको कारोबार हुने बताए ।
अरू बेला सामान्य विक्री हुने रङको कारोबार पनि अहिले दोब्बर भएको व्यापारी बताउँछन् । तिहार नजिकिएसँगै रङको व्यापार राम्रो भएको कालीमाटीका व्यापारी संगम ठाकुरले बताए ।
केही दिनयता दैनिक १२र१३ हजार रुपैयाँसम्मको कारोबार भइरहेको उनले सुनाए । सातथरी रङको एउटा प्याकेटको १५ रुपैयाँको दरले विक्री गरिरहेको उनले बताए । नेपालमा यस्तो रङ विशेष गरी भारतबाट अयात हुने गर्छ । मैनबत्ती र ढाकाटोपीको व्यापारसमेत बढेको सम्बद्ध व्यवसायीले बताए ।