ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

होटल क्राउन हिमालयजमा एभरेष्ट बैंकका ग्राहकलाई छूट

२०८० कात्तिक, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। एभरेष्ट बैंक लिमिटेड र होटल क्राउन हिमालयजबीच छूटसम्बन्धी सम्झौता भएको छ । पोखराको लेकसाइडमा रहेको होटलसँग बुधवार एक कार्यक्रमबीच सम्झौतामा गरिएको हो । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र होटलका सञ्चालक आग्रह अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै बैंकका ग्राहक तथा कर्मचारीले होटलका सेवामा १० प्रतिशत छूट पाउने बताइएको छ । रुम, रेष्टुरेन्ट र स्पाको सेवामा प्राप्त हुने छूटले बैंकका ग्राहक तथा कर्मचारी लाभान्वित हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत शर्माको विश्वास छ । सम्झौता कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख सुधीर गौतम, पोखरा शाखाका प्रमुख उज्वलराज शर्मा लगायतको उपस्थिति थियो ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)