काठमाडौं। टेक्नो मोबाइलका दुई नयाँ फोन पोभा५ र क्यामोन२० नेपाली बजारमा पनि उपलब्ध भएका छन् । नेपालका लागि टेक्नो मोबाइलको आधिकारिक वितरक महालक्ष्मी मोबाइल्सले यी दुई मोबाइल नेपाली उपभोक्ताको आवश्यकता र रोजाइलाई ध्यानमा राख्दै नेपाली बजारमा भित्त्याएको हो । टेक्नो मोबाइल सिरिजअन्तर्गतको पछिल्लो नयाँ संस्करण पोभा५ विशेषगरी मोबाइल गेमिङमा रुचि राख्नेले निकै रुचाउने विश्वास कम्पनीको छ । ८ प्लस ८ जिबीको र्याम, १२८ जिबीको इन्टरनल स्टोरेज र ४५ वाटको चार्जरसहितको यो मोबाइलले अल्टिमेट गेमिङको अनुभव दिने कम्पनीको भनाइ छ ।