काठमाडौं। टीभीएस मोटर कम्पनीले १५९ दशमलव ७ सीसी इन्जिनसहितको ‘टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआई’ नेपाली बजारमा सार्वजनिक गरेको छ । श्रेणीकै पहिलो रोइड मोड्स, टीभीएस स्मार्ट कनेक्ट र ग्लाइड थ्रो प्रविधि लगायत विशेषता रहेको कम्पनीको भनाइ छ ।
हरेक मौसम र बाटोको अवस्थालाई विशेष ध्यानमा राखी राइड मोड्सका साथै रेस इनेबल्ड कनेक्टिभिटीका लागि टीभीएस स्मार्ट एक्स कनेक्टको सुविधा समेत यसमा उपलब्ध रहेको बताइएको छ । टीभीएस मोटर कम्पनीका कन्टिनेन्ट हेड, एम जे ठङगाराजनले नेपाली राइडर्सका लागि वल्र्ड क्लास अफरिङ प्रदान गर्ने कम्पनीको उद्देश्यमा थप एक नयाँ पाइला भएको बताए । यसले गर्दा नयाँ मोटरसाइकलले उपभोक्तालाई समग्र सन्तुष्टि र उत्साहजनक अनुभव प्रदान गर्ने उनको भनाइ छ ।