ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दराजसँगको सहकार्यमा नबिल बैंकको इएमआई अभियान

२०८० कात्तिक, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नबिल बैंकले क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकलाई लक्षित गरी नि:शुल्क इएमआई अभियान शुरू गरेको छ । यो साझेदारीसँग क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरीद गर्दा कुनै पनि अतिरिक्त सेवा शुल्कविना इएमआईमा रूपान्तरण गर्न सक्ने भएका हुन् । 

ग्राहकले नबिल बैंकको क्रेडिट कार्ड प्रयोग गरी दराजमा खरीद गरेर सहजै यस अभियानको फाइदा लिन सक्नेछन् । यस अभियानमा ग्राहकले ६ महीनासम्मको लागि अतिरिक्त लागतविना किस्ता सुविधा पाउनेछन् । यसअन्तर्गत तत्कालको लागि ५ हजारदेखि २ लाख रुपैयाँसम्मको सामान खरीदमा यस्तो सुविधा दिएको बैंकले जानकारी दिएको छ ।

यसैगरी बैंकले दराजको ११:११ मा गरेको खरीदमा आकर्षक छूट पनि उपलब्ध गराएको छ । ग्राहकले डेबिट कार्ड प्रयोग गर्दा खरीदमा १५ प्रतिशत र क्रेडिट कार्ड प्रयोग गर्दा २० प्रतिशत नगद छूटको सुविधा पाउने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)