ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

युनिलिभर नेपालको नाफा ६२.२१ प्रतिशत बृद्धि, अन्य सूचक कस्ता ?

२०८० कात्तिक, २४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६२ दशलमव २१ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ३४ करोड ६ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ५५ करोड २५ लाख पुगेको हो । चालू आवमा कम्पनीको विक्री आम्दानी बढेसँगै खर्च नियन्त्रण गर्न सफल भएकाले नाफा बढ्न पुगेको हो । 

कम्पनीको विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा ३ दशमलव ७५ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको आम्दानी रू. २ अर्ब २४ करोड रहेकोमा चालू आवमा बढेर रू. २ अर्ब ३२ करोड पुगेको हो । त्यस्तै कम्पनीको कुल खर्च गत आवको तुलनामा चालू आवमा १० प्रतिशत घटेको छ । 

नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) १ हजार ७२४ रुपैयाँ रहेकोमा चालू आवमा बढेर २ हजार २२२ रुपैया पुगेको हो ।  त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ५ हजार ३३७ रुपैयाँ रहेको छ । 

कम्पनीको चुक्ता पूँजी रू. ९ करोड २१ लाख रहेको छ । त्यस्तै कम्पनीले चालू आवको पहिलो त्रैमासमा जगेडामा रू. ४ अर्ब ८२ करोड सञ्चिती गरेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको जगेडामा रू. ३ अर्ब ९० करोड सञ्चिती थियो । 

रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)