ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इमर्जिङ नेपालद्धारा साधारण सभा आह्वान, लाभांश सहित यी प्रस्ताव पारित हुने

२०८० कात्तिक, २४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं ।  इमर्जिङ नेपाल लिमिटेडले आठौँ वार्षिक साधारणसभा आयोजना गरेको छ ।  कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा  मंसिर ५ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाण्डौको नयाँबानेश्व रस्थित बानेश्वर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ । 
सभाले आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित चुक्तापुँजी ५५ करोड ५६ लाख रुपैयाँको ८ दशमलव ४२१०५ प्रतिशतले हुन आउने ४ करोड ६७ लाख ८७ हजार ३६८.४२ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । 

त्यस्तै सभाले स्वतन्त्र सञ्चालकमा शर्मिला श्रेष्ठलाई बाँकी कार्यकालका लागि नियुक्त गर्ने अर्को प्रस्ताव पनि पारित गर्नेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  

साधारण सभा प्रयोजनको लागि कम्पनीले मङसिर ६ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यस बुक क्लोजको आधारमा मङसिर ५ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन ।  
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)