ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पहिलो त्रैमासमा विजय  लघुवित्तको खुद नाफा १२६ प्रतिशत बढ्यो

२०८० कात्तिक, २४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १२६ प्रतिशत वृद्धि भएको छ ।

गत आवमा कम्पनीले रू. ६५ लाख ९७ हजार नाफा कमाएकोमा चालू आवमा बढेर रू. १ करोड ४९ लाख पुगेको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा बढेकाले नाफा बढ्न टेवा पुगेको हो । 

गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २२ प्रतिशत र सञ्चालन नाफा ८६ प्रतिशत वृद्धि भएको छ । कम्पनीको चुक्ता पूँजी रू. ७४ करोड ५० लाख रहेको छ । कम्पनीले जगेडामा रू.२६ करोड १० लाख र रिटेन्ड अर्निङमा रू. ८ करोड १६ ला सञ्चिती गरेको छ । 

चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ०१ पैसा (वार्षिक), मूल्य आम्दानी अनुपात ७४ दशमलव ५० गुणा र प्रतिशेयर नेटवर्थ रू. १४५ दशमलव ९९ रहेको छ । 

रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)