ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरामा तिहार लक्षित हाटबजार सञ्चालन हुँदै 

२०८० कात्तिक, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

कास्की। पोखरामा तिहार लक्षित हाटबजार सञ्चालन हुने भएको छ । उपभोक्तालाई सहज रूपमा तिहारका लागि आवश्यक पर्ने सामग्री सुपथ मूल्यमा उपलब्ध गराउन मेला आयोजना गरिएको बताइएको छ । पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रालिले शनिवारदेखि ‘रैथाने’ नामक हाटबजार शुरू गर्न लागेका हुन् ।

हाटबजारमा स्थानीय उत्पादनका करीब एक दर्जन स्टल रहने पोखरा महानगरपालिका, आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । स्थानीय उत्पादन र उद्यमीलाई उपभोक्तासँग जोड्न हाटबजार सञ्चालन गर्न लागिएको उनले बताए ।

उनका अनुसार हाटबजारमा मनखुसी फाउन्डेसनले तयार गरेको हस्तकलाका सामान, प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रडक्टका स्थानीय कृषि उपज र सगुन हस्तकलाले तयार गरेको धागोका सामान राखिनेछन् । यस्तै पुष्पाञ्जलीले तयार पारेको विवाहका लागि सामान, विधाता हस्तकला उद्योगद्वारा उत्पादित हस्तकलाका सामग्री, कृषि सञ्जाल वडा नं ६ ले उत्पादन गरेका कृषि उपज र महिला शीप विकास संस्थाद्वारा उत्पादित स्थानीय हस्तकलाका सामग्री विक्रीका लागि राखिनेछन् ।

रैथाने हाटबजारमा तिहार लक्षित खानाका परिकार पनि राखिने महानगर आर्थिक विकास महाशाखाका प्रमुख कडरियाले बताए । स्टलमा स्थानीयस्तरमा उत्पादित खाद्य वस्तु कोदो, मकै, गहुँ, फापर र तरकारी पनि राखिनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)