ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चन्द्रागिरी हिल्सको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, अन्य सूचक कस्ता ?

२०८० कात्तिक, २४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफासँगै प्रतिशेयर आम्दानीमा वृद्धि भएको छ ।  कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६३  प्रतिशत वृद्धि भएको हो । 

गत आवमा कम्पनीले रू. १ करोड ३१ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. २ करोड १३ लाख पुगेको हो ।  चालू आवमा कम्पनीको  सञ्चालन आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । 

सञ्चालन आम्दानी गत आवको तुलनामा चालू आवमा १० दशमलव ५९ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको सञ्चालन आम्दानी रू. १८ करोड ६४ लाख रहेकोमा चालू आवमा बढेर रू. २० करोड ६१ लाख पुगेको हो । 

नाफाबढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ८५ पैसा रहेकोमा चालू आवमा बढेर १ रुपैयाँ ३९ पैसा पुगेको छ । 
कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ५३ करोड रहेको छ । जगेडा कोष भने रू. २१ करोड ३० लाख ऋणात्मक रहेको छ । चालू आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ ८६ रुपैयाँ ११ पैसा र चालू अनुपात ३ दशमलव २५ गुणा रहेको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)