ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्वाचन खर्च सार्वजनिक गर्न अटेर

२०८० कात्तिक, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

जनकपुरधाम। मधेश प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभाको गत चुनावमा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारले निर्वाचन खर्च सार्वजनिक गर्न अटेर गरेको पाइएको छ । प्रतिनिधिसभाका ५ सय ७८ मध्ये ४ सय र प्रदेशसभाका ९ सय ८५ मध्ये ७ सय २७ उम्मेदवारले निर्वाचन खर्च विवरण सार्वजनिक गर्न बाँकी छ । प्रतिनिधिसभाका १ सय ७९ उम्मेदवारले खर्च सार्वजनिक गरिसकेको निर्वाचन आयोगले बताएको छ । त्यस्तै प्रदेशसभाका ९ सय ८५ उम्मदवारमध्ये २ सय ५८ ले खर्च विवरण सार्वजनिक गरिसकेको आयोगले जानकारी दिएको छ । 

प्रतिनिधिसभाका ५ सय ९० उम्मेदवारमध्ये ५ सय ७८ ले आयोगमा खर्च विवरण बुझाएका छन् । उनीहरूले उक्त विवरण सार्वजनिक गर्न बाँकी छ । प्रतिनिधिसभा १२ उम्मेदवारले आयोगमा खर्च विवरण बुझाएका छैनन् । त्यस्तै प्रदेशसभाको १ हजार ७ उम्मेदवारमध्ये ९ सय ८५ ले आयोगमा खर्च विवरण बुझाएका छन् । उक्त विवरण पनि सार्वजनिक हुन बाँकी छ । प्रदेशसभाका २२ उम्मेदवारले भने खर्च विवरण पेश गर्नै बाँकी रहेको आयोगको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)