काठमाडौं । ताजा मुंगरी माछाको मूल्य एक महीनामा नै २४ प्रतिशतले घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महीना अघी २७५ रुपैयाँ प्रति किलोग्राम रहेको मुंगरीको मूल्य २३ दशमलव ६४ प्रतिशतले घटेर २१० रुपैयाँ प्रति किलोग्राम पुगेको छ ।
त्यसैगरि एक महीनाको अवधीमा ताजा बचुवा माछाको मूल्य १ दशमलव ८२ प्रतिशतले घटेको छ । एक महीना अघि प्रति किलोग्राम २७५ रुपैयाँ मूल्य रहेको बचुवा माछाको मूल्य शुक्रवार २७० प्रति किलोग्राम पुगेको छ ।
यस्तै, ताजा रहु माछाको मूल्य १ दशमलव ३३ प्रतिशतले घटेर ३७० रुपैया पुगेको छ । एक महीनाको अवधीमा ताजा छडी माछाको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । समितिका अनुसार छडी माछाको मूल्य प्रति किलोग्राम २५० रुपैयाँ रहेको छ ।