ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तीन महीनामा लक्ष्मी लघुवित्तले कमायो ९५ लाख ३२ हजार नाफा,अन्य सूचक कस्ता ?

२०८० कात्तिक, २४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमास अर्थात तीन महीनामा रू. ९५ लाख ३२ हजार नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको नाफा रू. ४१ लाख १४ हजार ऋणात्मक थियो ।  

कम्पनीको खुद ब्याज आम्दानी घटेपनि इम्पेयरमेन्ट चार्ज घटेका कारण खुद नाफा धनात्मक हुन पुगेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २७ दशमलव १२ प्रतिशत घटेको छ  । कम्पनीकोे निष्क्रिय कर्जा गत आवमा ४ दशमलव ४४ प्रतिशतबाट बढेर चालू आवमा ६ दशमलव ८९ प्रतिशत पुगेको छ । यद्यपि, कम्पनीले इम्पेयरमेन्ट चार्ज बापत रू.२५ लाख मात्र छुट्याएको छ । जसका कारण गत आवको तीन महिनामा ऋणात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा र खुद नाफा दुबै, चालु आवमा धनात्मक हुन पुगेको छ ।

कम्पनीको चुक्ता पूँजी रू. ४४ करोड १६ लाख रहेको छ । कम्पनीले जगेडामा रू. २१ करोड ७२ लाख र रिटेन्ड अर्निङमा रू. २१ करोड ७२ लाख सञ्चिती गरेको छ । 
कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६३ पैसा ,मूल्य आम्दानी अनुपात ७८ दशमलव ३१ गुणा र प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ १४ पैसा रहेको छ । 
 

रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)