ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पहिलो त्रैमासमा हाथवे इन्भेष्टमेन्ट नेपालले कमायो १ करोड ५८ लाख नाफा, अन्य सूचक कस्ता ?

२०८० कात्तिक, २६  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा उल्लेख्य वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ९ लाख ५४ हजार नाफा कमाएकोमा चालू आवमा बढेर रू. १ करोड ५८ लाख पुगेको हो । 

चालू आवमा आम्दानी घटे पनि खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो । गत आवको तुलनामा कम्पनीको कुल आम्दानी ५४ दशमलव १९ प्रतिशत घटेको छ भने कुल खर्च ७२ दशमलव ८५ प्रतिशत घटेको छ । गत आवमा कम्पनीको कुल आम्दानी रू. ४ करोड ७९ लाख रहेकोमा चालू आवमा घटेर रू. २ करोड १९ लाखमा झरेको हो । 

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ४ पैसा रहेकोमा चालू आवमा बढेर ५ रुपैयाँ ४१ पैसा पुगेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८० रुपैयाँ २४ पैसा छ भने मूल्य आम्दानी अनुपात ५२.४९ गुणा  छ ।

१ अर्ब १७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७० करोड ७५ लाख रुपैयाँ सञ्चित छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)