ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैकल्पिक लगानी प्रवर्द्धनका लागि ‘एगोरा’ सार्वजनिक गरिँदै

२०८० कात्तिक, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल प्राइभेट इक्विटी एसोसिएसन (एनपीईए)ले आर्थिक विकासलाई गति दिन वेब प्लेटफर्म ‘एगोरा’ सार्वजनिक गर्ने घोषणा गरेको छ । संघले संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोष (यूएनसीडीएफ)को सहयोगमा उदीयमान बजारका उद्यमीलाई लगानीकर्ता एवम् विज्ञसँग जोडेर उक्त प्लेटफर्म शुरू गर्न लागेको हो ।

एनपीईए र यूएनसीडीएफ गत जुलाईमै एगोरा सार्वजनिक गर्न सहमत भएका थिए । एनपीईएले एगोरा सार्वजनिक गरेपछि आधिकारिक रूपमा एगोरा प्लेटफर्म शुरुआत गर्ने देशमा नेपाल पनि थपिनेछ ।

‘हामी यूएनसीडीएफसँग साझेदारी गर्न पाउँदा खुशी छौं, एगोरा हाम्रो डिल शेयरिङ प्लेटफर्मको पूरक हुने र हाम्रा उद्यमी तथा लगानीकर्तालाई धेरै फराकिलो पहुँच प्रदान गर्ने विश्वास छ,’ एनपीईएका अध्यक्ष सिद्धान्तराज पाण्डेले भने, ‘एनपीईएले नेपालको साझेदारीमा वैकल्पिक लगानी इकोसिस्टम अभिवृद्धि गर्ने प्रयास गरेकाले यसले नवप्रवर्तनलाई तीव्रता दिन मद्दत गर्छ ।’

यूएनसीडीएफका डेपुटी कार्यकारी सचिव जेभियर मिचोनले एगोरा एउटा वैश्विक सार्वजनिक वस्तु भएकाले यसलाई नेपाली उद्यमको इकोसिस्टममा उत्कृष्ट सेवा प्रदान गर्न प्रयोग गर्न सकिने बताए । ‘एगोराले संसारका उदीयमान अर्थतन्त्रका आशाजनक परियोजनामा पुग्ने वित्त लगानीसम्बन्धी सूचनाको अन्तर नियन्त्रण गर्न मद्दत गर्छ,’ उनले भने, ‘यस्तो खाडल पूरा गरेर एगोराले विश्वव्यापी वित्तीय संरचना सेवाबाट वञ्चित नेपालका व्यवसाय, उद्यमी र समुदायलाई पूँजीको महत्त्वपूर्ण जीवनरेखा प्रदान गर्न मद्दत गर्नेछ ।’

एनपीईएले नेपालको निजी र वैकल्पिक लगानी इकोसिस्टम सुदृढ र प्रवर्द्धन गर्ने प्रयास गर्छ । एगोराले अत्याधुनिक एल्गोरिदम र आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर उद्यमी तथा लगानीकर्ताबीचको सम्बन्ध थप सहज बनाउन र उद्यमीहरूको कोषका सम्भावना सुधार गरी उनीहरूलाई लगानीकर्ताका विविधीकृत पहुँचमा लैजान मद्दत गर्ने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)