ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आम्दानी बढेसँगै ओरियण्टल होटल्सको नाफामा वृद्धि,अन्य सूचक कस्ता ?

२०८० कात्तिक, २६  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ओरियण्टल होटल्स लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार होटल्सको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमासमा १३ दमलव ४६ प्रतिशत वृद्धि भएको छ । गत आवमा होटल्सले रू. १ करोड ११ लाख नाफा कमाएको चालू आवमा बढेर रू.१ करोड २७ लाख पुगेको हो । चालू आवमा हाटल्सको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पु्गेको हो । गत आवमा होटल्सको सञ्चालन आम्दानी रू. १९ करोड ६९ लाख रहेकोमा चालू आवमा बढेर रू. २१ करोड १४ लाख पुगेको हो । 
त्यस्तै होटल्सको अन्य आम्दानी गत आवमा रू. १ करोड ५ लाख रहेकोमा चालू आवमा बढेर रू. १ करोड ४१ लाख पुगेको छ । चुक्ता पूँजी रू. १ अर्ब १२ करोड रहेको होटल्सले जगेडामा रू. २ अर्ब ६९ करोड भन्दा बढी सञ्चिती गरेको छ । 
चालू आवमा होटल्सको प्रतिशेयर आम्दानी १ रुपैयाँ १३ पैसा,प्रतिशेयर नेटवर्थ ३३८ रुपैयाँ ९६ पैसा  र चालू अनुपात १ दशमलव ३५ गुणा रहेको छ ।  
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)