ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अरुण काबेली पावर पहिलो त्रैमासमा नोक्सानीमा,यस्तो छ कारण  

२०८० कात्तिक, २६  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अरुण काबेली पावर कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी पहिलो त्रैमासमा रू. १५ करोड ९४ लाख नोक्सानीमा रहेको छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनी रू. ९ करोड ७४ लाख नाफामा थियो ।

चालू आवमा कम्पनीले सञ्चालनमा गरेको काबेली बि १ जलविद्युत परियोजना बन्द भएका कारण पहिलो त्रैमासमा विद्युत विक्रीबाट आम्दानी प्राप्त भएको छैन । सोही कारण कम्पनी नोक्सानीमा गएको हो । कम्पनीले अन्य आम्दानी गत आवमा रू. ५ लाख ३ हजार रहेकोमा चालू आवमा घटेर रू. १ लाख ३ हजारमा झरेको छ । 

त्यस्तै कम्पनीको जम्मा खर्च गत आवमा रू. १६ करोड १७ लाख रहेकोमा चालू आवमा घटेर रू. १५ करोड ५६ लाखमा झरेको छ । 
कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ४ करोड रहेको छ । जगेडा कोष रू. १४ करोड ३३ लाख ऋणात्मक रहेको छ । कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी ०८ पैसा ऋणात्मक रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ९८ पैसा रहेको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)