ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एभरेष्ट बैंकको सञ्चालक समिति अध्यक्षमा बालगोपाल वैद्य

२०८० कात्तिक, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन् । समितिका सदस्य रहेका वैद्यलाई बिहीवार सम्पन्न सञ्चालक समितिको ३६०औं बैठकले अध्यक्षमा नियुक्त गरको हो । अध्यक्ष वैद्यले शुक्रवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । विगत २० वर्षदेखि बैंकको सञ्चालक समिति सदस्य रहँदै आएका वैद्य अर्थ विज्ञका रूपमा समेत परिचित छन् । 

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य रहिसकेका वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधि गरेका छन् । साथै, उनी बोर्ड अफ ट्रष्टी र गरीबी निवारण कोषको सदस्य समेत रहिसकेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)