ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्प प्रभावितलाई राहत सामग्री सहयोग

२०८० कात्तिक, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। सीजी होल्डिङ्स अन्तर्गतको सीएसआर डिभिजन अरुण चौधरी फाउण्डेशनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई आपत्कालीन राहत सामग्री प्रदान गरेको छ । संस्थाले अत्यावश्यक सामग्रीको अभाव कम गर्न १६ टन राहत सामग्री उपलब्ध गराएको हो । संस्थाले उक्त राहत प्याकेज जाजरकोटको नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर राउतलाई हस्तान्तरण गरेको हो । उक्त सहयोग सामग्रीमा सीजी होल्डिङ्सका कर्मचारीहरूले समेत स्वेच्छाले एक दिनको तलब योगदान गरेको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)