ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूको 'भाइटीका' ! [तस्वीरहरू]

२०८० कात्तिक, २९  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान, रासस
author avatar अभियान संवाददाता

काठमाडौं । भाइटीकाको दिन मात्रै खुल्ने काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा आज बिहानैदेखि सर्वसाधारणको भीड लागेको छ । कारण हो- भाइटीका लगाउन ।  यमपञ्चक अर्थात् तिहारको भाइटीकाको दिन दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूले यहाँ पुगेर आज बिहानैदेखि भाइटीका लगाउन थालेका छन् । 

भाइटीकाको शुभ साइत भने आज बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यद्यपि दिनभरी नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो । भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ मा पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई खुला गरिँदै आइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)