उपभोक्ता अधिकार भनेको सबैको सरोकारको विषय हो । प्रत्येक नागरिकले चौबीसै घण्टा उपभोक्ता अधिकारका बारेमा सचेत हुनु आवश्यक छ । पानी, खाद्यान्नदेखि लिएर शिक्षा, स्वास्थ्य सबै उपभोक्ता अधिकारका क्षेत्रभित्र पर्छन् । यस्तो संवेदनशील विषयमा उपभोक्तामाथि खेलबाड भइरहेको छ । नेपालको अन्तरिम संविधानमा स्वास्थ्य सेवालाई पनि उपभोक्ता अधिकारभित्र राखिएको छ ।
(राष्ट्रिय उपभोक्ता संघका अध्यक्ष प्रेमलाल महर्जनसँगको कुराकानीबाट)
वर्ष ६, अंक ९०, सोमवार, ५ पुस, २०६७