ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खर्च बढेसँगै अपि पावर कम्पनी नोक्सानीमा 

२०८० कात्तिक, ३०  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको पहिलो त्रैमासमा रू. ४ करोडभन्दा बढी नोक्सानीमा छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनी रू. ३ करोड ९६ लाख नाफामा थियो ।

चालू आवमा कम्पनीको खर्च बढेसँगै नोक्सानीमा गएको हो । कम्पनीको खर्च गत आवको तुलनामा चालू आवमा १८० प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको कुल खर्च रू. ९ करोड २९ लाख रहेकोमा चालू आवमा बढेर रू. २६ करोड पुगेको हो । 

त्यस्तै कम्पनीको विद्युत विक्री आम्दानी भने गत आवको तुलनामा चालू आवमा ७२ प्रतिशत भएको छ । गत आवमा कम्पनीले विद्युत विक्रीबापत रू. १५ करोड १८ लाख रहेकोमा चालू आवमा बढेर रू. २६ करोड १६ लाख पुगेको छ । 

कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी २९ पैसा ऋणात्मक छ । गत आवमा भने कम्पनी प्रतिशेयर आम्दानी ४ रुपैयाँ १३ पैसा धनात्मक थियो । 
त्यस्तै चुक्ता पूँजी रू.५ अर्ब ६६ करोड रहेको कम्पनीले जगेडााम रू. १३ करोड ८८ लाख सञ्चिती गरेको छ । जततउकस्ररधधध।बदजष्थबलमबष्थि।अयmरउजयतय(ाभबतगचभचालू आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ४५ पैसा रहेको छ । 

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)