ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा मङ्सिर १७ मा, लाभांशसहित यी प्रस्ताव पारित हुने !

२०८० कात्तिक, ३०  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले १२औं वार्षिक साधारण सभा मङ्सिर १७ मा गर्ने भएको छ । साधारण सभा काठमाडौंको लाजिम्पाटस्थित होटल र्‍याडिसनमा उक्त दिन १२ः१५ बजे शुरु हुने कम्पनीले जानकारी दिएको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २८ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने बताइएको छ ।

त्यस्तै सभाले कम्पनीको अधिकृत चुक्ता पूँजी रू. २ अर्ब पुर्‍याउने प्रस्ताव पनि पारित गर्नेछ । अधिकृत पूँजी वृद्धि गर्न र बोनस शेयर बराबरको चुक्ता पूँजी वृद्धि गर्न प्रबन्धपत्रको संशोधन पनि सभाले स्वीकृत गर्नेछ । 

त्यसैगरी सभाले आर्थिक २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवमा २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)