ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नगरकोटमा सोल्टी होटल्स र रिसोर्ट्सको पोर्टफोलियो विस्तार

२०८० कात्तिक, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं :  सोल्टी होटल्स र रिसोर्ट्सले पोर्टफोलियो विस्तार गर्दे नगरकोटमा नयाँ लक्जरी रिसोर्ट्स सञ्चालनमा ल्याएको जनाएको छ ।  

सोल्टीको होटेल्स तथा रिसोर्टस्‌को उत्कृष्ट सेवा तथा उत्पादनहरूको विस्तारका क्रममा नगरकोटमा नयाँ लक्जरी रिसोर्ट्स व्यवस्थापन  भएको हो । जनवरी १ देखि परीक्षण सञ्चालनमा रहेको टायो इको रिसोर्ट नगरकोट अब रिसोर्ट सोल्टी वेस्टेन्ड रिसोर्टस् नगरकोटको नाम तथा ब्राण्डमा व्यावस्थापन गर्ने जिम्मा लिएको छ।

नगरकोटको मुटुमा रहेको यो सोल्टी वेस्टेन्ड रिसोर्टस्ले पर्यटक अतिथिहरूको विभिन्न सेवा सुविधाका प्राथमिकताहरू पूरा गर्नेछ र पर्यटकीय आवासको सम्पूर्ण व्यवस्था गर्ने गर्दछ। सोल्टी वेस्टेन्ड रिसोर्टस् नगरकोट रिसोर्टमा १२ वटा मनमोहक दुई तले भवनहरु छन्।  

जसमा कुल ४२ विलासीता युक्त सुबिधा सम्पन्न कोठाहरू जसमा १० वटा लक्जरी भिल्लाहरू र २ सुइटहरू, समावेश रहेकाछन र निजी प्लन्ज, र स्वमींगपूल सहित पाहुनाहरूलाई मनोरम दृश्यहरू, विविध भोजन, र मनोरम दृश्यहरू अनुभव प्रदान गर्न यो रिसोर्टस् सक्षम छ। 

यस सोल्टी वेस्टेन्ड रिसोर्टस्‌मा पाहुनाहरूले रेस्टुरेन्ट, बार, खुला र आन्तरिक कार्यक्रम स्थानहरू, र स्पा लगायतका पर्यटन साइटका सबै सुविधाहरू सहित विश्राम र साहसिक पर्यटन कार्यको अद्वितीय मिश्रणको अनुभव लिन सकिन्छ। 

नगरकोटको मनमोहक हिमालय श्रृंखलाहरूको विहंगम पृष्ठभूमि, वारीपारी देखिने हरियो घना जङ्गलहरू, काठमाण्डौं उपत्यकाको बेशीतर्फको खेतबारीहरू तथा समतल प्रसिद्ध नेवारी तथा विशाल बस्ती, विचित्र ग्रामीण र गाउँहरूको मनमोहक बस्तीहरू, र उत्तरी हिमालयको उच्च श्रृंखलाहरूको प्राकृतिक रोमान्चकारी दृश्यहरू बीच यो सोल्टी वेस्टेन्ड रिसोर्टस् नगरकोट शान्ती डाँडामा अवस्थित छ।

उल्लेखनीय रूपमा, रिसोर्टस्‌ले काठमाडौं उपत्यका, पर्वत श्रृंखला, र मनमोहक सूर्यास्तको विस्मयकारी परिदृश्यहरू प्रदान गर्दछ, जसले पर्यटक अतिथिहरूलाई मनोरञ्जन, थकाई विश्राम र व्यावसायिक अतिथि यात्रीहरूलाई दुवैका लागि उत्तम गन्तव्य बनाउँछ।

सोल्टी होटेलको आतिथ्य जगतको यात्रा सन् १९६६ देखि निरन्तर जारी छ र यस परिवर्तनकारी यात्राले नेपालमा पर्यटकहरूको आतिथ्य अनुभवलाई थप समृद्ध बनाउँदै सोल्टी होटेल्स एण्ड रिसोर्टस् को यो नविनतम उपक्रमले देशको पर्यटन प्रबर्द्धनमा महत्वपूर्ण टेवा पुऱ्याउने अपेक्षा गरिएको छ र सोल्टी होटेल विरासतले यो नयाँ रत्न जडेको छ।

विगत ५७ वर्षदेखि लामो आतिथ्य सम्पदा बोकेको सोल्टी होटल्स एण्ड रिसोर्ट्स नेपालको आतिथ्य उद्योगको एयटा अग्रणीय संस्था रहेको छ। उत्कृष्टता, दिगोपन र अतिथि सन्तुष्टिप्रतिको प्रतिबद्धताका लागि प्रख्यात सोल्टी होटल्स एण्ड रिसोर्ट्सले नेपालमा लक्जरी आतिथ्यताको मापदण्ड कायम गर्दै आएको छ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)