ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पहिलो त्रैमासमा ग्रीन भेन्चर्सले कमायो रू. २३ करोड ४६ लाख नाफा, प्रतिशेयर आम्दानी कति ?

२०८० कात्तिक, ३०  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. २३ करोड ४६ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १५ प्रतिशत वृद्धि भएको हो ।

गत आवमा कम्पनीले रू. २० करोड २७ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानी बढेसँगे नाफा बढ्न टेवा पुगेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानी ४ दशमलव ७९ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले विद्युत विक्रीबापत रू. ५२ करोड २१ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ५४ करोड ७१ लाख पुगेको छ । 

चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५१ पैसा, मूल्य आम्दानी अनुपात ४४ दशमलव ८८ गुणा र प्रतिशेयर नेटवर्थ १ सय १४ रुपैयाँ ७३ पैसा छ । चुक्ता पूँजी रू. ३ अर्ब १२ करोड रहेको कम्पनीले जगेडामा रू. ४६ करोड १ लाख सञ्चिति गरेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको जगेडामा रू. १० करोड ९२ लाख सञ्चिति गरेको थियो ।

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)