ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आधा दर्जन लघुवित्तले प्रस्ताव गरे लाभांश, कुन कम्पनीको कति ?

२०८० कात्तिक, ३०  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट हालसम्ममा ६ ओटा लघुवित्त कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । युनिक नेपाल लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, आरएसडिसी लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, सपोर्ट लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् । नेपाल स्टक एक्सचेन्जमा ५५ ओटा लघुवित्त वित्तीय संस्था सूचीकृत छन् । 

यी कम्पनीहरूमध्ये सबैभन्दा बढी लाभांश युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यस कम्पनीले पहिलो पटक शेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो । 

सबैभन्दा बढी लाभांश वितरण गर्ने लघुवित्त कम्पनीको सूचीमा दोस्रोमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरनीलाई १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

त्यस्तै सपोर्ट लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५७८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १२ दशमलव ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीले अहिले प्रस्ताव गरेको लाभांश १० वर्षयताकै न्यून हो । अघिल्लो आवको मुनाफाबाट कम्पनीले १५ प्रतिशत बोनस शेयर र ६ दशलमव ०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरेको थियो । 

त्यस्तै आरएसडिसी लघुवित्तले गत आवको नाफाबाट हाल कायम चुक्ता पूँजी ८ दशमलव ६० प्रतिशत र कर प्रयोजनार्थ शून्य दशमलव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश पारितको लागि कम्पनीले मङ्सिर १५ गते साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले मङ्सिर ७ गते बुक क्लोज गरेको छ । यस बुक क्लोजको आधारमा मङसिर ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । यस कम्पनीले अघिल्लो आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

त्यसैगरी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीले अघिल्लो आवको मुनाफाबाट पनि आफ्ना शेयरधनीलाई १४ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस कम्पनीले नगद लाभांशमा जोड दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)