ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सान्जेन जलविद्युत आयोजना पुस मसान्तसम्म सञ्चालनमा आउने

२०८० कात्तिक, ३०  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले निर्माण गरिरहेको ४२ दशमलव ५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजना आगामी पुस मसान्तसम्म सञ्चालनमा आउने भएको छ । कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै निर्माणको अन्तिम चरणमा रहेको उक्त आयोजना आगामी पुस मसान्तसम्म सम्पन्न भई सञ्चालनमा आउने जानकारी दिएको हो । 

सान्जेन जलविद्युत कम्पनीले नै निर्माण गरेको १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो सान्जेन जलविद्युत आयोजनाबाट भने असोज २१ गतेदेखि विद्युत उत्पादन भइरहेको छ ।

हाल आम्दानी नभइसकेको अवस्थामा कम्पनी १ करोड ६१ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नोक्सानी बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनी १ करोड ४२ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा थियो ।

३ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष रकम भने पहिलो त्रैमाससम्म २५ करोड ५३ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । दीर्घकालीन कर्जा ८ अर्ब १३ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा भने २४ करोड रुपैयाँभन्दा बढी छ । 

सान्जेन  जलविद्युत आयोजनाको निर्माण अवधिको ब्याजबाहेक शुरु लागत अनुमान ५ अर्ब २ करोड ४२ लाख र माथिल्लो सान्जेन जलविद्युतको २ अर्ब २१ करोड ८० लाख गरी कुल ७ अर्ब २४ करोड २२ लाख रुपैयाँ अनुमान गरिएको छ । 

कुल सम्पत्ति १२ अर्ब ९ करोड १६ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनी १ रुपैयाँ ७७ पैसा प्रतिशेयर नोक्सानीमा छ । प्रतिशेयर नेटवर्थ भने कम्पनीको ९३ रुपैयाँ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)