ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नगरकोटको तायो इको रिसोर्ट सोल्टी वेस्टेन्ड ब्रान्डमा

२०८० मंसिर, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। पछिल्लो समय हस्पिटालिटी ग्रूपका रूपमा आफ्ना विभिन्न ब्रान्डबाट होटेल तथा रिसोर्ट सञ्चालन गर्दै आएको सोल्टी होटेल लिमिटेडले नगरकोटको तायो इको रिसोर्टको व्यवस्थापन गर्ने भएको छ । नगरकोटस्थित ४४ कोठाको तायो इको रिसोर्ट रिब्रान्डिङ गरेर अब ‘सोल्टी वेस्टेन्ड रिसोर्ट नगरकोट’को रूपमा सञ्चालन हुने भएको छ । 

सोल्टी र उक्त रिसोर्टबीच भएको सम्झौताअनुसार गत आइतवारदेखि तायो इको रिसोर्ट सोल्टी वेस्टेन्ड रिसोर्ट नगरकोट नामबाट सञ्चालनमा आएको सोल्टी होटेलका उपाध्यक्ष सुदर्शन चापागाईंले जानकारी दिए । उक्त रिसोर्ट सोल्टीको चेन ब्रान्डबाट सञ्चालनमा आएको उनको भनाइ छ । पछिल्लो समय सोल्टीले वेस्टेन्ड ब्रान्डका होटल तथा रिसोर्ट विभिन्न स्थानमा सञ्चालन गर्दै आएको छ । 

काठमाडौंबाट नजिक र पर्यटकीय गन्तव्यसमेत रहेको नगरकोटमा सोल्टीले आफ्नो ब्रान्ड विस्तार गरेको हो । सोल्टीले वेस्टेन्ड सोल्टी, वेस्टेन्ड प्राइमर, सोल्टी वेस्टेन्ड रिसोर्ट र सोल्टी वेस्टेन्ड ब्रान्ड विकास गरेको छ । यसअनुसार सोल्टी वेस्टेन्ड रिसोर्ट ब्रान्ड चितवनमा समेत विस्तार भएको छ । पछिल्लोपटक नगरकोटमा विस्तार गरेको कम्पनीको भनाइ छ ।

१० ओटा भिल्ला रहेको उक्त रिसोर्ट पर्यावरणमैत्री भएको दाबी गरिएको छ । प्रत्येक भिल्लामा परम्परागत नेवारी संस्कृति प्रतिविम्बित हुने गरी तयार पारिएको रिसोर्टमा पारिवारिक कोठा, पुल, बार, पार्किङ, स्पालगायतका सुविधा रहेको उल्लेख गरिएको छ । उक्त रिसोर्टमा सुइट रुम भने निर्माणाधीन छन् । डिलक्स रुम तयार छन् । रिसोर्टमा पुगेका आन्तरिक तथा बाह्य पाहुनाले बाइकिङ, हाइकिङ तथा गाउँ भ्रमण पनि गर्न सक्नेछन् । 

गतवर्ष पुसमा तयार भएको उक्त रिसोर्टमा १ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । झन्डै साढे ५ दशकदेखि अतिथि सत्कार सेवा दिँदै आएको सोल्टी होटेल लिमिटेडले आफ्ना ब्रान्डबाट हालसम्म काठमाडौंसहित नेपालगञ्ज, इटहरी र चितवनमा सेवा दिँदै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)