ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गोल्डस्टार शूजद्वारा जाजरकोटका भूकम्प प्रभावितलाई सहयोग

२०८० मंसिर, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। जाजरकोट भूकम्पका प्रभावितलाई गोल्डस्टार शूजले जुत्ता चप्पल सहयोग गरेको छ । गोल्डस्टारले भूकम्पमा प्रभावितलाई ३४ लाख रुपैयाँ बराबरको १० हजार थान जुत्ता तथा चप्पल सहयोग प्रदान गरेको बताएको छ ।

गोल्डस्टारकी कार्यकारी निर्देशक विदुषी राणाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोगको हात बढाएको बताउँदै आवश्यकताका आधारमा थप सहयोग गर्ने बताइन् । सन् १९९० मा स्थापित किरण शूज म्यानुफ्याक्चरर कम्पनी अन्तर्गतको गोल्डस्टार शूजले ‘मेड इन नेपाल’ नाराका साथ जुत्ता चप्पल उत्पादन गर्दै आएको छ । हालै मात्र कम्पनीले प्रिमियम तथा उच्च गुणस्तरका जुत्ताको एक विशेष शृंखलाको शुरुआत गरेको जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)