काठमाडौं। कृषि विकास बैंक लिमिटेडले जाजरकोट भूकम्पका प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । बैंकले जाजरकोट र पश्चिम रुकुममा भएकोे मानवीय तथा जनधनको क्षतिमा आवश्यक राहत सहायताका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख बिना शर्मा, वरिष्ठ शाखा प्रमुखद्वय ध्रुव पौडेल र सरोज महत लगायतको उपस्थिति थियो । बैंकले भूकम्पबाट प्रभावित र पीडितलाई राहत पुग्ने गरी नेपाल सरकारलाई आर्थिक सहयोग गरेको भन्दै प्रधानमन्त्री दाहालले धन्यवाद दिनुभएको थियो ।