ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० वर्षअघिको आर्थिक अभियानबाट : जलविद्युत् मा भुटानबाट किन नसिक्ने ? 

२०८० मंसिर, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

दक्षिण एशियाली मुलुक भुटानले आगामी एक दशकभित्र १० हजार मेगावाट बिजुली उत्पादन गर्ने बताएर छिमेकी नेपाललाई एउटा गतिलो पाठ पढाएको छ । भुटानले यसमध्ये ३ हजार मेगावाट क्षमताका आयोजना निर्माण शुरू गरिसकेको छ भने बाँकी ७ हजारका लागि तयारी अगाडि बढाएको बताएको छ । बिजुलीको उपलब्धताले भुटानमा खानीजन्य तथा अन्य उद्योगहरू स्थापना हुने क्रममा तीव्रता आएको पनि सम्बद्ध अधिकारीले बताएका छन् । त्यति मात्र होइन, भुटानको अर्थतन्त्रमा जलविद्युत्को हिस्सा ४५ प्रतिशत पुगेको छ । नेपाल भूगोलत: भुटानभन्दा ठूलो छ र यहाँ उपलब्ध नदीनाला पनि तुलनात्मक रूपमा निकै बढी छन् । तिनको पानी बगेर त्यसै खेर गएको छ । भुटानमा एउटा मात्र विद्युत् उत्पादक संस्था डुक ग्रीन रहेको छ । त्यही एउटै संस्थाले यस्तो चमत्कारपूर्ण गतिमा विद्युत् विकास गरिरहेको छ । सरकारले हरेक वर्षको बजेटको केही हिस्सा जलविद्युत् विकासका लागि भनेर छुट्याउँदै आएको छ । त्यो बजेटले न त ठूला आयोजना विकास गर्न पुग्छ न त शुरू भएका समयमा पूरा हुन्छन् । 

(सम्पादकीयबाट)

वर्ष ६, अंक ९०, सोमवार, ५ पुस, २०६७ 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)