ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बोटलर्स नेपाल (तराई)को नाफा यस वर्ष ५८ प्रतिशत घट्यो 

२०८० मंसिर, १  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बोटलर्स नेपाल (तराई)ले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १३ करोड ३० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ५८ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ३१ करोड ६७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

यस वर्ष कम्पनीको सञ्चालन नाफा ४४ दशमलव २७ प्रतिशत कम भएकाले खुद नाफामा असर परेको हो । गत वर्ष ३९ करोड ९० लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष २२ करोड २३ लाख रुपैयाँभन्दा बढी यो नाफा गरेको हो ।

यस वर्ष ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीको हाल चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ छ । जगेडा कोष रकम भने साढे १६ प्रतिशत बढेर ३ अर्ब ७९ करोड २९ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको वित्तीय खर्च यस वर्ष २६ प्रतिशत बढी अर्थात् ६ करोड ५० लाख रुपैयाँ भएको छ । वार्षिक प्रतिशेयर आम्दानी ४४० रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ३ हजार २३५ रुपैयाँ छ ।

गत वर्ष यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १ हजार ४७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २ हजार ७८९ रुपैयाँ थियो ।

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)