ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

करीब ७४ प्रतिशत घट्यो बोटलर्स नेपाल (बालाजु)को नाफा

२०८० मंसिर, १  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म बोटलर्स नेपाल (बालाजु)ले १० करोड ५३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा करीब ७४ प्रतिशत कम भएको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनीले ४० करोड १४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा करीब ५१ प्रतिशत कम भएको छ । सञ्चालन नाफा घटेसँगै कम्पनीको खुद नाफा घटेको हो ।

गत वर्ष ४७ करोड ३६ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष २३ करोड २२ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ छ । जगेडा कोष रकम भने गत वर्षभन्दा १० प्रतिशत बढी अर्थात् ५ अर्ब ७१ करोड ४५ लाख रुपैयाँभन्दा बढी कायम भएको छ ।

कम्पनीको वित्तीय खर्च करीब ९१ प्रतिशत बढी भएको छ । गत वर्ष ३ करोड ६९ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष ७ करोड ४ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो । वार्षिक प्रतिशेयर आम्दानी १९१ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ३ हजार २२४ रुपैयाँ छ ।

गत वर्ष यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ७६४ रुपैयाँ थियो भने प्रतिशेयर नेटवर्थ २ हजार ८६९ रुपैयाँ थियो ।

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)