ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा रिट, सुनुवाइ मङ्सिर ४ मा

२०८० मंसिर, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालमा टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट परेको छ । सरकारको उक्त निर्णय बदरको माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले शुक्रवार (आज) सर्वाेच्चमा रिट दायर गरेका हुन् । 

‘नेपाल सरकारद्वारा टिकटकलाई प्रतिबन्ध गर्ने निर्णयलाई बदर गरीपाउँ भनी मैले सर्वाेच्च अदालतमा दर्ताका लागि पेश गरेको रिट दर्ता भएको छ,’ अधिवक्ता त्रिपाठीले आफ्नो फेसबुक पेजमा लेखेका छन् । उक्त रिटको सुनुवाइ मङ्सिर  ४ गते तोकिएको उनले बताएका छन् । 

सामाजिक सद्भाव बिगारेको भन्दै मन्त्रिपरिषद बैठकले गत कात्तिक २७ गते टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । उक्त प्रतिबन्धमाथि सामाजिक सञ्जाल प्रयोगकर्ताको मिश्रित प्रतिक्रिया आएको छ । कतिपयले उक्त निर्णयको विरोध जनाएका छन् भने कतिपयले उक्त निर्णयको समर्थन पनि गरेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)